काठमाडौं– बुधबार सेयर बजारमा कारोबार रकमसँगै नेप्से परिसूचक घटेको छ ।
अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक २२.५८ अंक घटेको हो ।
सो गिरावटपछि नेप्से २५०५ अंकमा झरेको छ ।
२ : ५९ बजे नेप्से २४९९ अंकसम्म झरेकोमा अन्तिम एक मिनेटमा ६ अंक सकारात्मक देखियो ।
कारोबार रकम केही घटेको छ ।
अघिल्लो दिन ३ अर्ब ३६ करोडको कारोबार भएकोमा आज ३ अर्ब १० करोडको भयो ।
४० कम्पनीको मूल्य बढ्दा २०६ को घट्यो भने पाँचको स्थिर रह्यो ।
म्युचुअल फन्डबाहेक सबै समूहका सूचक घटेका छन् ।
म्युचुअल फन्ड ०.२४ प्रतिशत बढ्यो ।
व्यापार सबैभन्दा धेरै २. ०९ प्रतिशत घट्यो ।
बैंकिङ ०.५४, विकास बैंक १.१४, फाइनान्स १.१०, होटल तथा पर्यटन १.०६, हाइड्रोपावर १.१८, लगानी ०.९८, जीवन बीमा ०.७५, उत्पादन तथा प्रशोधन ०.३९, माइक्रोफाइनान्स ०.५६ प्रतिशत घटे । त्यस्तै निर्जीवन बीमा ०.६५ र अन्य समूह १.२२ प्रतिशत घटे ।
समता घरेलु लघुवित्तको मूल्य सबैभन्दा धेरै ६.९३ प्रतिशत बढ्यो ।
क्रेस्ट माइक्रोलाइफको ३.६२ तथा मातृभूमि लघुवित्तको ३.१३ प्रतिशत बढ्यो ।
दुई कम्पनीको मूल्य १० प्रतिशत घटेको छ ।
समाज लघुवित्त र भूगोल इनर्जीको मूल्य १० प्रतिशत घट्यो ।
मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ५.८७, पन्चकन्या माइ हाइड्रोको ५.७५ तथा ग्रिन डेभलपमेन्ट बैंकको ५.०२ प्रतिशत मूल्य घट्यो ।
आज धेरै कारोबार भएका कम्पनीमा नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, युनियन हाइड्रोपावर, बुटवल पावर र हिमालयन डिस्टिलरी क्रमशः अगाडि रहे ।


विश्व खबर 




















