images
images
  • मधेसको मुख्यमन्त्रीमा जितेन्द्र सोनलको दाबी पेश

    जनकपुरधाम– मधेस प्रदेशमा ६ दलले जितेन्द्र सोनललाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारी समक्ष दाबी पेश गरेका छन् ।

    दाबीमा ५७ सांसदको समर्थन देखाइएको छ ।

    दाबी पेस गर्ने दलहरूमा जनता समाजवादी पार्टी (जसपा) नेपाल, जनमत पार्टी, नेकपा माओवादी केन्द्र, लोसपा, नेकपा एकीकृत समाजवादी र नागरिक उन्मुक्ति पार्टी छन् ।

    नेपाल संविधानको धारा १६८(२) अनुसार नयाँ सरकार गठनका लागि आवश्यक ५४ सिटभन्दा बढी सांसदको समर्थन उपलब्ध भएको दाबी गरिएको छ ।

    जसपा नेपाल १९, जनमत पार्टी १३, माओवादी र लोसपा ९/९, एकीकृत समाजवादी ७ सिट छन् ।

    लोसपाका एक सांसद निलम्बित भए पनि नागरिक उन्मुक्तिको समर्थनसहित ५७ सिट पुगेको छ ।

    Jitendra sonal mukhyamantri dabi pes 1024x500 1

    प्रतिक्रिया दिनुहोस्

    images