images
images
  • सुनको मूल्यमा नयाँ रेकर्ड, आज कतिमा हुँदैछ कारोबार ? (मूल्यसहित)

    काठमाडौं– नेपाली बजारमा बुधबार सुन–चाँदी दुवैको मूल्य नयाँ उच्च स्तरमा पुगेका छन् ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार तोलामा २ लाख ४८ हजार ५०० रुपैयाँ रहेको छापावाल सुनको मूल्य बुधबार बढेर तोलामा २ लाख ४८ हजार ९०० रुपैयाँ पुगेको छ ।

    त्यस्तै, छापावाल सुन १० ग्रामको मूल्य २ लाख १३ हजार ३९० रुपैयाँ कायम भएको छ ।

    चाँदीको मूल्यमा पनि सामान्य वृद्धि देखिएको छ ।

    मंगलबार तोलामा ३ हजार ३२५ रुपैयाँमा कारोबार भएको चाँदी बुधबार तोलामा ३ हजार ३४० रुपैयाँमा पुगेको महासंघले जनाएको छ ।

    आज कायम भएको सुन र चाँदी दुवैको मूल्य नेपाली बजारको हालसम्मकै उच्च दर हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images