
काठमाडौं– मधेस प्रदेशमा पाँच दलको नयाँ गठबन्धन बनेर सरकार गठनको तयारी भएको छ ।
लोसपाका उपाध्यक्ष तथा संसदीय दलका नेता जितेन्द्र सोनलको नेतृत्वमा बन्ने सरकारलाई जसपा नेपाल, जनमत पार्टी, नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र)को समर्थन छ ।
यो गठबन्धनसँग ५६ सांसदको समर्थन रहेको छ र सोनलले आजै मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका छन् ।
प्रदेश प्रमुखले बहुमतको सरकार गठनका लागि दिइएको समयसीमा आज अपराह्न ४ बजेसम्मको हो ।
यसअघि कांग्रेस–एमाले–जनमतबीच सहकार्यको प्रयास भए पनि जनमतले नयाँ गठबन्धन रोजेपछि नयाँ समीकरण बनेको हो ।
मधेसमा सरकार गठनका लागि ५४ सांसदको समर्थन आवश्यक पर्छ ।
प्रतिक्रिया दिनुहोस्