images
images
  • एमालेको केन्द्रीय कमिटी बैठक : सदस्यलाई बोल्न ३ मिनेट समय दिइने

    काठमाडौं– नेकपा (एमाले)को केन्द्रीय कमिटीको बैठक आजबाट सुरु हुँदैछ ।

    ललितपुरको भनिमण्डलस्थित रामबाघ महलमा हुने बैठक तीन दिनसम्म चल्नेछ ।

    एमालेको प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार आजको बैठकमा अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् ।

    प्रतिवेदनमा समसामयिक राजनीति, जेन–जी आन्दोलन, घुसपैठ, व्यक्ति र सार्वजनिक सम्पतीको तोडफोड आदि विषय समेटिनेछन् ।

    अन्तरिम सरकारको गठन र संसद विघटनबारेमा पनि प्रतिवेदनमा समेटिनेछन् ।

    गौतमका अनुसार पार्टीले आगामी मंसिरमा हुने महाधिवेशनको मिति र स्थान तोक्नेछ ।

    नेतृत्वले सो महाधिवेशनबाट ‘फ्रेस म्यान्डेट’ लिएर जनतामा जाने विषयमा पनि ठोस निर्णय गर्नेछ ।

    यसैगरी संविधान पक्षधर शक्तिहरूलाई साथमा लिएर आन्दोलन र पार्टीमा व्यापक मात्रामा जनपरिचालन कार्यक्रम घोषणा गर्नेछ ।

    अध्यक्ष ओलीको राजनीतिक प्रतिवेदन र क्षेत्रगत रुपमा इच्छुक केन्द्रीय सदस्यहरूलाई धारणा राख्न दिने गरी समय व्यवस्थापन गरिएको छ ।

    केन्द्रीय सदस्यहरूलाई ‘अल्फाबेटिकल’ आधारमा बोल्ने पालो मिलाइएको एमालेले जनाएको छ ।

    हरेक केन्द्रीय सदस्यलाई तीन मिनेट बोल्ने समय तोकिएको कार्यलय सचिव डा. भिष्म अधिकारीले जानकारी दिए ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images