images
images
  • पश्चिमी वायु प्रभाव : हिमाली क्षेत्रमा हिमपात, पहाडी भू–भागमा बदली र तराईमा हुस्सु लाग्ने सम्भावना

    काठमाडौं– नेपालमा आगामी पाँच दिन अधिकांश क्षेत्रमा मौसम मुख्यतया सफा रहने भएको छ ।

    नेपाल मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाले सोमबार बिहान जारी गरेको पाँचदिने मौसम पूर्वानुमानअनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने सम्भावना छ ।

    महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।

    सोमबार बिहान देशको हिमाली क्षेत्रमा आंशिक बादल लागेको छ भने बाँकी भू–भागको मौसम मुख्यतया सफा रहेको छ ।

    तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लागेको छ ।

    सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली क्षेत्रमा तथा कोशी प्रदेशको पहाडी क्षेत्रमा आंशिक बदली हुने पूर्वानुमान छ ।

    day 1 1795397456680

    कोशी र गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    सोमबार राति कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ ।

    day 1 1795397458938

    कोशी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपात हुन सक्नेछ ।

    मंगलबार दिउँसो देशभरको मौसम मुख्यतया सफा रहने अनुमान छ ।

    day 2 1795397461143

    राति भने लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा आंशिक बदली हुने सम्भावना छ। बुधबार दिउँसो कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्र र बागमती तथा गण्डकी प्रदेशका हिमाली क्षेत्रमा आंशिक बदली रहनेछ ।

    day 2 1795397463623

    बुधबार राति देशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने महाशाखाको पूर्वानुमान छ ।

    day 3 1795397465953

    त्यस्तै, बिहीबार कोशी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रमा आंशिक बदली हुने र बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहनेछ ।

    शुक्रबार पनि देशका हिमाली तथा पहाडी क्षेत्रमा मौसम मुख्यतया सफा रहने भए पनि कोशी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का वर्षा तथा हिमपातको सम्भावना रहेको छ ।

    यस अवधिमा तराईका भू–भाग, उपत्यका तथा खोँचहरूमा बिहानपख केही स्थानमा हुस्सु तथा कुहिरो लाग्ने सम्भावना छ ।

    महाशाखाले आगामी पाँच दिनका लागि कुनै मौसमी चेतावनी जारी गरेको छैन ।

    यद्यपि सर्वसाधारण तथा सम्बन्धित सरोकारवाला निकायलाई मौसमसम्बन्धी पछिल्लो सूचना तथा पूर्वानुमान नियमित रूपमा जानकारी लिन आग्रह गरेको छ ।

    महाशाखाले मौसम पूर्वानुमान बुलेटिन दैनिक बिहान ८ बजे र साँझ ६ बजे अद्यावधिक गर्दै आएको छ ।

    साथै, तराई क्षेत्रमा हुस्सु, कुहिरो तथा शीतलहरसम्बन्धी बुलेटिन हिउँदभर दैनिक बिहान ९ः३० बजे जारी गरिने जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images