काठमाडौं– आइसिसी टी–२० विश्वकप एसिया तथा इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग खेल्दैछ ।
ओमानको अल एमिरेट क्रिकेट मैदानमा हुने प्रतिस्पर्धा नेपाली समयअनुसार राति ८:४५ बजेदेखि सुरु हुनेछ ।
छनोटमा हालसम्म अपराजित रहेका नेपाल र ओमान दुवै विश्वकपको नजिक पुगिसकेका छन् ।
आजको खेलको विजेता टोली विश्वकपमा छनोट हुनेछ ।
यसर्थ नेपालले आजको खेल जिते विश्वकपमा छनोट हुनेछ ।
सुपर सिक्समा ३ खेलबाट ओमान र नेपालको समान ६ अंक छ ।
तर, नेट रनरेटका आधारमा ओमान शीर्ष र नेपाल दोस्रो स्थानमा छन् ।
समान २ अंक भएका यूएई तेस्रो र जापान चौथो स्थानमा छन् ।
विश्वकप छनोटका लागि यूएई र जापानबीच अहिले प्रतिस्पर्धा चलिरहेको छ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















