images
images
  • सुनको मूल्यमा नयाँ रेकर्ड कायम (मूल्यसहित)

    काठमाडौं– मंगलबार पनि नेपाली बजारमा सुनको मूल्यले नयाँ कीर्तिमान कायम गरेको छ ।

    एकैदिन ८ हजार १०० रुपैयाँले बढेर सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    सोमबार सुन प्रतितोला २ लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

    सुनसँगै चाँदीको मूल्यमा पनि उच्च वृद्धि भएको छ ।

    सोमबार प्रतितोला ३ हजार २२० रुपैयाँ रहेको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ३२५ रुपैयाँ पुगेको छ, जुन चाँदीको लागि पनि हालसम्मकै उच्च मूल्य हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images