images
images
  • मधेश सरकारकी शिक्षामन्त्री रानीले दिइन् पदबाट राजीनामा

    जनकपुरधाम– मधेश प्रदेशकी शिक्षा तथा संस्कृति मन्त्री रानी कुमारी तिवारीले आफ्नो पदबाट राजीनामा दिएकी छन् ।

    उनले आजको देखि लागू हुने गरी मुख्यमन्त्रीलाई सम्बोधन गर्दै राजीनामा पत्र पेस गरेकी हुन् ।

    मन्त्री तिवारीले प्रदेश सभा सदस्यसमेत रहेकी उनी आफ्नो पत्रमा लेख्छिन्, ‘उपरोक्त सम्बन्धमा मधेश प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको पदबाट आजको मितिबाट लागू हुने गरी यो राजीनामा पेश गर्दैछु ।’

    उनले राजीनामा दिने कारण भने पत्रमा खुलाएकी छैनन् ।

    तिवारी लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालकी प्रतिनिधि हुन् ।

    मधेश प्रदेशमा हालैदेखि देखिएको सत्ता समीकरणको बदलासँगै उनको राजीनामालाई राजनीतिक फेरबदलको संकेतका रूपमा हेरिएको छ ।

     554323174 1761954721175172 1768985061820546329 n QuRt9aTYXi

    प्रतिक्रिया दिनुहोस्

    images