काठमाडौं– सुनको भाउ तोलामा २ लाख ४० हजार नाघेको छ ।
अघिल्लो दिनको तुलनामा प्रतितोला २ हजार ४ सय रुपैयाँ बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले सोमबारका लागि प्रतितोला २ लाख ४० हजार ४ सय रुपैयाँ तोकेको छ ।
अघिल्लो दिन २ लाख ३८ हजार रुपैयाँमा कारोबार भएको थियो।
सुनको आजको मूल्य हालसम्मकै उच्च हो ।
अन्तर्राष्ट्रिय बजारमा पनि मूल्यले रेकर्ड बनाउँदै प्रतिऔंस ४ हजार ५० अमेरिकी डलर नाघेको छ ।
चाँदीको भाउ प्रतितोला ३ हजार २ सय २० रुपैयाँ पुगेको छ ।
चाँदी अघिल्लो दिनको तुलनामा आज प्रतितोला ९५ रुपैयाँ बढेको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















