images
images
  • फोटोनले टुनल्याण्ड पिकअप ग्राहकका लागि ल्यायो जिरो कस्ट अफर

    काठमाडौं– फोटोनले आफ्नो लोकप्रिय पिकअप मोडेल फोटोन टुनल्याण्डका ग्राहकहरूका लागि रोमाञ्चक “जिरो कस्ट अफर” घोषणा गरेको छ ।

    यो लिमिटेड टाइम अफर अन्तर्गत ग्राहकहरूले ३ वर्ष वा १२ पटकसम्मको निशुल्क प्रिभेन्टिभ मेनटेनेन्स सर्भिस (PMS) को सुविधा पाउनेछन् ।

    यस अफरले टुनल्यान्डका मालिकहरूलाई सर्भिस खर्चको चिन्ता बिना नै आफ्नो गाडी मर्मत गर्न सजिलो बनाउनेछ, जसले गर्दा यो अफर नेपालभरका पिकअप प्रेमीहरूका लागि स्मार्ट र किफायती विकल्प बनेको छ ।

    यो अफर ३१ अक्टोबर २०२५ सम्म मान्य रहनेछ । निःशुल्क मर्मत सेवामा एयर फिल्टर, डिजेल फिल्टर, एसी फिल्टर, इन्जिन ओइल, गियर ओइल र क्राउन ओइल जस्ता महत्वपूर्ण कम्पोनेन्ट समावेश छन्। यी कम्पोनेन्टहरूले गाडीलाई उच्च स्तरमा पर्फर्मेन्स दिन र कार्यक्षमता बढाउन मद्दत गर्छन् ।

    फोटोनले यी पार्ट्सहरूको निःशुल्क मर्मत सेवा उपलब्ध गराएर ग्राहकलाई झन्झटमुक्त ड्राइभ अनुभव दिलाउने र गाडीको भरपर्दो पर्फर्मेन्सलाई निरन्तरता दिने उद्देश्य राखेको छ। तर, ध्यान दिनु पर्ने कुरा के हो भने यो सेवा माथि उल्लेख गरिएका पार्ट्सहरूमा मात्र सीमित रहनेछ ।

    टुनल्याण्डलाई नेपाली बजारमा एक शक्तिशाली, टिकाउ र भरपर्दो बहुउपयोगी सवारीका रूपमा विश्वास प्राप्त छ । यो मोडेल लगातार नेपालका सबैभन्दा धेरै बिक्री हुने पिकअपमध्ये एक रहँदै आएको छ ।

    “जिरो कस्ट अफर”ले फोटोनलाई ग्राहक सन्तुष्टि र भ्यालुमा केन्द्रित हुन अझ प्रतिबद्ध बनाएको छ । यस अफर मार्फत कम्पनीले आफ्ना ग्राहकहरूसँगको सम्बन्धलाई अझ सुदृढ पार्दै गाडी किन्न सजिलो र फाइदाजनक बनाउने लक्ष्य लिएको छ ।

    फोटोन यो लिमिटेड टाइम अफर मार्फत ग्राहकहरूलाई आफ्नो नजिकको फोटोन शोरूम वा अधिकृत डिलरमा गई अफर सकिनु अघि नै यसको फाइदा लिन निमन्त्रणा गर्दछ । “जिरो कस्ट
    अफर” मार्फत फोटोनले पुनः एकपटक नेपालजस्तो प्रतिस्पर्धी अटोमोबाइल बजारमा आफ्नो नवीनता, भरपर्दोपन र ग्राहक सेवाप्रतिको प्रतिबद्धता प्रमाणित गरेको छ ।

    थप जानकारीका लागि ९८०२३९८४३१ वा ९८०११०७४११ मा सम्पर्क गर्नुहोस् ।

    प्रतिक्रिया दिनुहोस्

    images