images
images
  • सेयर बजार बढ्यो, सबै सर्किट हरियाली

    काडमाडौं– दशैँ विदापछि लगातार दुई दिन घटेको बजार पहिलोपटक हरियो बनेको छ ।

    हप्तामा तीन दिन कारोबार खुलेको बजारमा मंगलबार ४५ र बुधबार ५८ अंकले घटेको नेप्से बिहीबार बढेको हो ।

    नेपाल राष्ट्र बैंकले मार्जिन प्रकृतिको कर्जामा एकल ग्राहक कर्जाको २५ करोडको सीमा हटाएपछि सूचक २२.५९ अंकले हरियो बनेको हो ।

    यद्यपि नेप्से २६ सय विन्दुमुनि नै छ ।

    कारोबार खुलेको तेस्रो मिनेटमै ४ प्रतिशत बढेपछि २० मिनेट ‘हाल्ट’ भएको कारोबारले त्यसपछि निरन्तरता पाएको थियो ।

    यद्यपि त्यसपछि भने सूचक सुस्ताएको थियो ।

    आज नेप्से दोहोरो अंकले बढेर २५८२.१८ विन्दुमा रोकिएको छ ।

    यद्यपि कारोबार रकममा अपेक्षाकृत सुधार भने छैन ।

    बिहीबार २ सयवटा सेयरको मूल्य बढेको छ भने ४१ वटाको घटेको र १० वटाको अघिल्लो मूल्यमै कारोबार भएको छ ।

    यस दिन कुल १ करोड १८ लाख कित्ता बिक्रीबाट ५ अर्ब २७ करोडको कारोबार भएको छ ।

    बिहीबार विन्ध्यवासिनी हाइड्रो, एसियन हाइड्रोपावर, एमबीएल इक्विटी फन्डलगायतको अधिकतम ८.२१ प्रतिशतसम्मले सेयर मूल्य बढेको छ ।

    तर थ्रिस्टार हाइड्रोपावर, भूगोल इनर्जी डेभलपमेन्टलगायतको भने अधिकतम ९.०९ प्रतिशतसम्मले मूल्य घटेको छ ।

    आज सबैभन्दा बढी कारोबार शिवम् सिमेन्टको भएको छ ।

    कम्पनीको २७ करोडको कारोबार भएको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images