
जनकपुरधाम– नेकपा (एमाले)ले मधेश प्रदेश सरकारबाट समर्थन फिर्ता लिने निर्णय गरेको छ ।
प्रमुख सचेतक हरिनारायण महत्त्वका अनुसार आज बेलुकी ४ बजे समर्थन फिर्ताको पत्र प्रदेश प्रमुखलाई बुझाइनेछ ।
मुख्यमन्त्री सतीशकुमार सिंहले जेन–जी आन्दोलनको क्रममा गत भदौ २४ गते फेसबुकमार्फत राजीनामा घोषणा गरे पनि पछि हट्दै संसद् सामना गर्ने अडान लिएका छन् ।
यसअघि जनमत पार्टीले समेत संसदीय दलको निर्देशन नटेरेपछि भदौ ३१ गते नै समर्थन फिर्ता लिएर सरकारबाट बाहिरिएको थियो ।
नेपाली कांग्रेसले पनि एक साता अघि नै समर्थन फिर्ता लिइसकेको छ ।
२०८१ जेठ २५ मा नेकपा एमालेसहितका दलको समर्थनमा जनमत पार्टीका सतीशकुमार सिंह मुख्यमन्त्री बनेका थिए ।
अब नेपाली कांग्रेसका नेता कृष्णप्रसाद यादवको नेतृत्वमा नयाँ सरकार बन्ने तयारी भएको छ ।
एमाले र जनमतले त्यसका लागि आन्तरिक सहमति जनाइसकेका छन्, भने लोसपाले अझै अन्तिम निर्णय गरेको छैन ।
१०७ सदस्यीय प्रदेशसभामा एमालेका २५, कांग्रेसका २२, जनमतका १३ र लोसपाका ९ सिट छन् ।
प्रतिक्रिया दिनुहोस्