images
images
  • नेप्से परिसूचक ४५.३६ अंकले घटेर बन्द

    काठमाडौं– धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक ४५.३६ अंकले घटेर बन्द भएको छ ।

    तर, कारोबार रकम भने एकै दिन एक अर्ब १३ करोड ३६ लाख रुपैयाँले बढेको छ ।

    बुधबार (असोज २२) पाँच अर्ब ७६ करोड २७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

    मंगलबार चार अर्ब ६२ करोड ९० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

    मंगलबारको तुलनामा परिसूचक १.७४ प्रतिशतले घटेर २५५९.५९ विन्दुमा बन्द भएको छ ।

    आज १८ कम्पनीको सेयर मूल्य बढेको छ ।

    २३२ कम्पनीको सेयर मूल्य घटेको छ ।

    प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्य स्थिर छ ।

    ९ वटा कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ ।

    नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिद–बिक्री भएको छ ।

    यो कम्पनीको २६ करोड १६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

    कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ ।

    सर्वाधिक घट्नेमा फाइनान्स समूह छ ।

    यो समूहको परिसूचक ३.०९ प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images