images
images
  • तोलामा २ हजार ६ सयले बढ्यो सुनको मूल्य

    काठमाडौं– बुधबार सुनको भाउ तोलामा २ हजार ६ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला २ लाख ३८ हजार रुपैयाँ तय गरेको छ ।

    अघिल्लो दिन २ लाख ३५ हजार ४ सय रुपैयाँ थियो ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको भाउले प्रतिऔंस ४ हजार डलर नाघेको छ ।

    अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस ४ हजार २५ डलर पुगेको छ ।

    विश्वभर सुनको मूल्य निरन्तर उकालो लाग्दै नयाँ रेकर्ड बनाइरहेको छ ।

    चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँ घटेको छ ।

    अघिल्लो दिन प्रतितोला २९६० रुपैयाँ रहेको चाँदी आज २९५५ रुपैयाँमा कायम भएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images