images
images
  • सेयर बजार उच्च अंकले गिरावट

    काठमाडौं– दशैंपछि खुलेको सेयर बजार उच्च अंकले घटेको छ ।

    नेप्से परिसूचक ५८.५५ अंक (२.१९ प्रतिशत) घटेको हो ।

    सो गिरावटपछि नेप्से २६०४ अंकमा कायम भएको छ ।

    कुल ४ अर्ब ६२ करोडको कारोबार भयो ।

    १६ कम्पनीको मूल्य बढ्दा २३५ को घट्यो भने एउटाको स्थिर रह्यो ।

    सबै समूहका सूचक घटेका छन् ।

    अन्य समूह सबैभन्दा धेरै ४.८३ प्रतिशत घट्यो ।

    नेपाल पुनर्बीमाको मूल्य भारी दरले घट्दा यो समूह बढी प्रभावित भयो ।

    बैंकिङ १.३२, विकास बैंक २.३८, फाइनान्स १.१२, होटल तथा पर्यटन २.७२, हाइड्रोपावर २.७४, लगानी १.९१, जीवन बीमा १.८६, उत्पादन तथा प्रशोधन १.८५, माइक्रोफाइनान्स १.८७, निर्जीवन बीमा २.०४ र व्यापार १.१७ प्रतिशत घटे ।

    भूगोल इनर्जीको मूल्य सबैभन्दा धेरै १० प्रतिशत घट्यो ।

    नेपाल पुनर्बीमाको ८.५७, माथिल्लो मैलुङखोलाको ७.२१ तथा पन्चकन्या माइ हाइड्रोपावरको ६.८७ प्रतिशत घट्यो ।

    आज ऋणपत्रमा लगानीकर्ताको आकर्षण देखियो ।

    मूल्य धेरै बढ्नेमा ऋणपत्र अगाडि रहे ।

    सेन्चुरी डिबेन्चरको १०, एनआईसी एसिया ऋणपत्रको ९.११, स्टान्डर्ड चार्टर्ड डिबेन्चरको ९ प्रतिशत मूल्य बढ्यो ।

    आज धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट र सिनर्जी पावर डेभलपमेन्ट छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images