images
images
  • २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा झर्ने : विश्व बैंक प्रक्षेपण

    काठमाडौं– सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित हुने विश्व बैंकले प्रक्षेपण गरेको छ ।

    मंगलबार सार्वजनिक गरिएको प्रक्षेपण अनुसार सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर २.१ प्रतिशतमा सीमित रहनेछ ।

    विश्व बैंकले यसअघि सन् २०२६ मा नेपालको आर्थिक वृद्धि २.९ प्रतिशत हुने अनुमान गरेको थियो ।

    तर नयाँ तथ्यांकअनुसार, प्रक्षेपण ०.८ प्रतिशत विन्दुले घटेर २.१ प्रतिशतमा झर्ने प्रक्षेपण रहेको छ ।

    २०२५ मा वृद्धिदर ४.६ प्रतिशत पुग्ने अनुमान गरिएको छ ।

    सन् २०२७ मा भने आर्थिक वृद्धि फेरि उक्लिएर ४.७ प्रतिशत हुने अपेक्षा गरिएको छ ।

    दक्षिण एशियाका अन्य मुलुकहरूसँग तुलना गर्दा नेपालको स्थिति कमजोर देखिएको छ ।

    सन् २०२६ मा भारतको आर्थिक वृद्धिदर ६.५ प्रतिशत, भुटानको ७.३ प्रतिशत, बंगलादेशको ४.८ प्रतिशत, श्रीलंकाको ३.५ प्रतिशत र माल्दिभ्सको ३.९ प्रतिशत हुने प्रक्षेपण गरिएको छ ।

    विश्लेषकहरूका अनुसार, कमजोर निजी लगानी, राजस्व संकलनको कमजोरी, तथा राजनीतिक अनिश्चितताले नेपालमा दीर्घकालीन विकास लक्ष्य प्रभावित हुनसक्ने देखिन्छ ।

    जेनजी आन्दोलनपछि उद्योग व्यवसायमा ठूलो क्षति पुगेकाले सन् २०२६मा नेपालको आर्थिक वृद्धिदर घट्ने प्रक्षेपण गरेको हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images