images
images
  • कांग्रेस कोटाबाट नेपाल राष्ट्र बैंकको गभर्नर बनेका पौडेल राजीनामा दिने मनस्थितिमा

    काठमाडौं– नेपाल राष्ट्र बैंकको १८औं गभर्नरका रूपमा डा. विश्व पौडेलले गत जेठ ७ गते पदभार ग्रहण गरेका थिए ।

    सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतबाट शपथ लिएपछि उनले अर्थ मन्त्रालयमा उपस्थित भएर औपचारिक प्रक्रिया पुरा गरेका हुन् ।

    राष्ट्र बैंकको केन्द्रीय कार्यालय बालुवाटारमा पुगेर कर्मचारीहरूको उपस्थितिमा पदभार सम्हालेका थिए ।

    डा. पौडेलको नियुक्ति प्रक्रियामा लामो समयसम्म राजनीतिक असहमति र कानुनी विवादको चपेटामा परेको थियो ।

    प्रारम्भमा राष्ट्र बैंकको गभर्नरका लागि डा. गुणाकर भट्टको नाम सिफारिस गरिएको थियो ।

    तर, कार्यकारी निर्देशकको पदबाट राजीनामा स्वीकृत नगरेपछि कांग्रेसले डा. पौडेलको नाम अघि सारेको थियो ।

    डा. पौडेलको नियुक्ति पछि उनले राष्ट्र बैंकको पर्यवेक्षण क्षमता सुदृढ गर्ने र संस्थाको स्वायत्तता सुनिश्चित गर्ने प्रतिबद्धता जनाएका थिए ।

    उनको नियुक्तिले बैंकको नेतृत्व स्थायित्व प्रदान गर्ने आशा गरिएको थियो ।

    तर, गत भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनको क्रममा सत्तापलट भएसँगै पौडेलले बैंकको गभर्नर पदबाट राजीनामा दिने मनस्थितिमा रहेको स्रोत बताउँछ ।

    वर्तमान अर्थमन्त्री रामेश्वर खनालले कुनै दबाब नदिए पनि उनी राजीनामा दिने मनस्थितिमा पुगेको स्रोतको भनाइ छ ।

    यद्यपि किन राजीनामा दिने मनस्थितिमा पुगे भन्नेबारे स्रोतले खुलाउन चाहेन ।

    जेन्जी आन्दोलनको क्रममा उनको निवासमा पनि आगजनी भएको थियो ।

    उनी नेपाली कांग्रेस कोटाबाट नेपाल राष्ट्र बैंकको गभर्नर पदमा सिफारिस भएका हुन् ।

    प्रतिक्रिया दिनुहोस्

    images