images
images
  • महिला टी–२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा नेपाल विजयी

    काठमाडौं– महिला टी२० अन्तर्राष्ट्रिय शृंखलाको चौथो खेलमा नेपाल विजयी भएको छ ।

    मलेसियामा आज भएको खेलमा नेपालले मलेसियालाई ६ विकेटले पराजित गरेको हो ।

    योसँगै नेपाल र मलेसियाबीचको पाँच खेलको शृंखलामा २–२ को बराबरी भएको छ ।

    यसअघि भएको पहिलो खेलमा नेपाल तीन रनले पराजित भएको थियो भने दोस्रो खेलमा मलेसियालाई ६ विकेटले हराएको थियो ।

    तेस्रो खेलमा नेपाल १३ रनले पराजित भएको थियो ।

    आज मलेसियाले दिएको एक सय १२ रनको लक्ष्य पछ्याएको नेपालले १७.३ ओभरमा चार विकेट गुमाउँदै पूरा गर्‍यो ।

    नेपालको लागि कप्तान इन्दु बर्माले ३९ बलमा ४८ रनमा अविजित रहिन् ।

    त्यस्तै रुबिना क्षेत्रिले २३ बलमा २३ रन बनाइन् ।

    मलेसियाको लागि नुर दानिया स्युहादा, आइना हमिजा र माहिरा इजातीले समान एकएक विकेट लिए ।

    त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको मलेसियाले निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर एक सय ११ रन बनाएको थियो ।

    उसका लागि मास एलिसाले अविजित ५६ रन बनाइन् ।

    माहिराले १८ तथा नुर दानियाले १५ रन बनाएकी थिइन् ।

    नेपालकी कविता कुँवरले तीन विकेट लिइन भने पूजा महतो र कविता जोशीले समान एक एक विकेट लि शृङ्खलाको अन्तिम खेल भोलि हुनेछ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images