images
images
  • सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढ्यो

    काठमाडौं– मंगलबार सुनको भाउ तोलामा २३ सय रुपैयाँ बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि प्रतितोला २ लाख ३५ हजार ४ सय रुपैयाँ मूल्य तोकेको छ ।

    यो मूल्य हालसम्मकै उच्च हो ।

    अघिल्लो दिन २ लाख ३३ हजार १ सय रुपैयाँ थियो ।

    दिनदिनै सुनको मूल्य बढ्दै जाँदा नयाँ रेकर्ड बनिरहेको छ ।

    चाँदी अघिल्लो दिनकै मूल्यमा कारोबार भएको छ ।

    प्रतितोला २ हजार ९६० रुपैयाँमा चाँदीको कारोबार भइरहेको महासंघले जनाएको छ ।

    चाँदीको यो मूल्य पनि हालसम्मकै उच्च हो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images