images
images
  • जेन्जी आन्दोलनपीडित बीमितलाई हिमालयन एभरेष्ट इन्स्योरेन्सद्वारा २२ करोड भुक्तानी

    काठमाडौं– हिमालयन एभरेष्ट इन्स्योरेन्स लिमिटेडले गत भदौ २३ र २४ गतेका जेन्जी आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूका बीमितलाई क्षतिपूर्ति भुक्तानीको प्रक्रिया तीव्र रूपमा अघि बढाएको छ ।

    कम्पनीका अनुसार हालसम्म प्राप्त २८७ वटा बीमा दाबीमध्ये २४५ वटा दावी पूरा भई कुल रू. २१ करोड ७४ लाख ४५ हजार ८३१ (रू. एक्काईस करोड चौहत्तर लाख पैंतालिस हजार आठसय एकतीस) भुक्तानी गरिएको छ ।

    कम्पनीले यो रकम आन्दोलनका क्रममा क्षति पुगेका सम्पत्तिहरूका अग्रिम तथा अन्तिम दावी भुक्तानी बापत प्रदान गरिएको स्पष्ट पारेको छ ।

    दावी भुक्तानी प्रक्रिया नियामकीय प्रावधानअनुसार सरल र छरितो बनाउन कम्पनी प्रतिबद्ध रहेको दाबी विभागका प्रमुख रोज राज लुइटेलले बताए ।

    हिमालयन एभरेस्टले उच्च प्राथमिकताका साथ दावी भुक्तानी कार्यलाई निरन्तरता दिइरहेको र आगामी असोज २१ गते (मंगलबार) बाट बाँकी भुक्तानी प्रक्रिया पुनः सुरु हुने जानकारी पनि दिएको छ ।

    कम्पनीका अनुसार विषम परिस्थितिमा बीमित ग्राहकलाई तत्काल आर्थिक राहत र सहयोग पु¥याउन शीघ्र भुक्तानी प्रणाली लागू गरिएको हो, जसको उद्देश्य बीमितलाई संकटको बेला आर्थिक सुरक्षाको भरोसा दिलाए ।

    यसका साथै, बीमित तर अझै क्षतिपूर्ति नपाएका ग्राहकलाई कम्पनीले आवश्यक कागजात पूरा गरी आफूलाई पायक पर्ने नजिकको शाखा कार्यालय वा केन्द्रीय कार्यालयमा सम्पर्क गर्न अनुरोध गरेको छ ।

    जेन्जी आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदहरूप्रति गहिरो श्रद्धाञ्जली प्रकट गर्दै कम्पनीले घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना समेत गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images