images
images
  • मधेशमा छोरी शिक्षा कार्यक्रम अलपत्र

    काठमाडौं- मधेस प्रदेश सरकारले सात वर्ष अघि ‘बेटी पढाऔँ, बेटी बचाऔँ’ योजना अन्तर्गत सुरु गरेको छोरी शिक्षा बिमा कार्यक्रममा बजेट अभावका कारण स्थगित गरिएको छ ।

    मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा उक्त कार्यक्रमका लागि बजेट नै विनियोजन गरेको छैन ।

    शिक्षा विकास निर्देशनालयका छोरी शिक्षा बिमा कार्यक्रमका संयोजक प्रियंका यादवले बजेट नहुँदा कार्यक्रम स्थगित भएको बताइन् ।

    उक्त कार्यक्रममार्फत हालसम्म १४ हजार ४५३ जना छोरीको बिमा गरिएको निर्देशनालयले जनाएको छ ।

    निर्देशनालयका अनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार ६६६, आव २०७८/७९ मा एक हजार ७०२, आव २०७९/८० मा तीन हजार ३०२ र आव २०८०/८१ मा तीन हजार ७८३ जना छोरीको बिमा गरिएको थियो ।

    कार्यक्रमअन्तर्गत हालसम्म १० हजार जना छोरीको प्रिमियम तिर्न बाँकी रहेको संयोजक यादवले बताइन् ।

    एक जना छोरीको बिमा गर्दा ३७ हजार ४५७ रुपैयाँ प्रिमियम तिर्नुपर्छ ।

    प्रतिक्रिया दिनुहोस्

    images
    Bishwokhar.com: News from Nepal
    images