images
images
  • मधेशमा कांग्रेस, एमाले र लोसपाबीच नयाँ सत्ता गठबन्धनको तयारी

    काठमाडौं- मधेश प्रदेशमा नयाँ सरकार गठनका लागि विभिन्न गठबन्धनको प्रयास भइरहेका छन् ।

    प्रदेश सभामा कुनै पनि दलले बहुमत नपाउँदा कांग्रेस-एमालेसहित र कांग्रेस–एमाले बाहेकको गठबन्धन दुवै विकल्पमा छलफल भइरहेको छ ।

    लोसपा अध्यक्ष महन्थ ठाकुर मधेश पुगेर विभिन्न नेतासँग छलफल गरेर काठमाडौं फर्किएका छन् ।

    प्रदेश सभामा कांग्रेस र एमालेसँग लोसपाको समर्थन भएमा नयाँ सरकार गठन गर्न आवश्यक बहुमत पुग्ने देखिन्छ ।

    हाल जनमत पार्टीको नेतृत्वमा रहेको सरकार अल्पमतमा परेको छ ।

    अब गठबन्धनको संरचना र नेतृत्वका विषयमा केन्द्रीय स्तरमा निर्णयपछि मात्रै नयाँ सरकार गठनको प्रक्रिया अघि बढ्ने बताइएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images