images
images
  • हवाई भाडा निर्धारण, कहाँको कति ? (भाडासहित)

    काठमाडौ- चाडपर्वमा हवाई टिकटको मूल्य वृद्धि हुने सम्भावनालाई ध्यानमा राख्दै नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ भाडादर सार्वजनिक गरेको छ ।

    प्राधिकरणका अनुसार काठमाडौं-विराटनगर मार्गको भाडा ९ हजार ७८५ रुपैयाँ तोकिएको छ भने काठमाडौ-भरतपुर ४ हजार ६४३, काठमाडौं-भद्रपुर १२ हजार ११२, काठमाडौं-जनकपुर ५ हजार ४७०, काठमाडौं-पोखरा ६ हजार ६३५ र काठमाडौं-नेपालगञ्ज १३ हजार १०३ रुपैयाँ कायम गरिएको छ ।

    त्यस्तै, काठमाडौं-धनगढी भाडा १७ हजार ५७९, काठमाडौं-सिमरा ३ हजार ९७८, काठमाडौं-भैरहवा ८ हजार ४६१, काठमाडौं-राजविराज ८ हजार २१०, काठमाडौं-सुर्खेत ९ हजार ३० र काठमाडौं-तुम्लिङटार ७ हजार ६३० रुपैयाँ निर्धारण गरिएको छ ।

    प्राधिकरणले तोकिएको दरभन्दा बढी रकम असुलेर टिकट बिक्री गर्ने कम्पनी वा निकायविरुद्ध विद्यमान कानुनअनुसार कारबाही हुने चेतावनी समेत दिएको छ ।

    552575204 1351463199981165 8906213494695391660 n

    प्रतिक्रिया दिनुहोस्
    images
    images