काठमाडौं- युनिटी कप टी–२० आई सिरिजको तेस्रो तथा अन्तिम खेलमा नेपाल वेस्ट इन्डिजसँग १० विकेटले पराजित भएको छ ।
शारजाहमा मंगलबार राति भएको खेलमा १२.२ ओभरमै १२३ रनको लक्ष्य वेस्ट इन्डिजले सजिलै पूरा गर्यो ।
नेपालले टस हारेर ब्याटिङ गर्दै १९.५ ओभरमा सबै विकेट गुमाउँदै १२२ रन मात्र जोडेको थियो ।
वेस्ट इन्डिजका ओपनर अमिर जाङ्गुले ४५ बलमा अविजित ७४ रन बनाए भने अकिम अगस्टेले ४१ रनको साथ दिए ।
यद्यपि तेस्रो खेल गुमाए पनि नेपालले पहिलो दुई खेल जितिसकेकाले सिरिज २–१ ले आफ्नो पक्षमा पार्यो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 


















