images
images
  • नेपाल र वेस्ट इन्डिज बीच प्रतिस्पर्धा हुँदै

    काठमाडौं- दुई पटकको टी-२० विश्वकप च्याम्पियन वेस्ट इन्डिजविरुद्धको ऐतिहासिक शृंखलामा आज (असोज १३) नेपालले दोस्रो खेल खेल्दै छ ।

    नेपालले यसअघि शनिबार भएको पहिलो खेलमा सन् २०१२ र २०१६ को विश्वकप विजेताविरुद्ध १९ रनको ऐतिहासिक जित निकालेको थियो ।

    नेपाली क्रिकेटकै इतिहासमा टेस्ट राष्ट्रविरुद्धको यो पहिलो जित हो ।

    उक्त जितसँगै तीन शृंखलामा नेपाल १–० ले अघि छ ।

    नेपाली टिम आज युनाइटेड अरब इमिरेट्स (यूएई) को शारजाह क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८ः१५ बजेदेखि वेस्ट इन्डिजविरुद्ध प्रतिस्पर्धामा उत्रिने छ ।

    आजको खेलपछि तेस्रो तथा शृंखलाको अन्तिम खेल मंगलबार हुने तालिका छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images