images
images
  • सुनको मूल्यग्राफ आकाशियो, प्रतितोला कतिमा हुँदैछ किनबेच ? (मूल्यसहित)

    काठमाडौँ । साताको कारोबारको पहिलो दिन सुन तोलामा २ लाख २३ हजार २०० पुगेको छ ।

    जुन मूल्य हालसम्मकै उच्च भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    महासंघका अनुसार छापावाल सुन आइतबार प्रति १० ग्राम भने १ लाख ९१ हजार ३६० रुपैयाँ पुगेको छ ।

    यसअघि साताको कारोबारको अन्तिम दिन शुक्रबार भने सुन तोलामा २ लाख २२ हजार ५०० रुपैयाँ कायम भएको थियो ।

    यस्तै आइतबार सुनको मूल्य पनि बढेको छ ।

    शुक्रबार तोलामा २ हजार ७४० रुपैयाँ कायम भएको सुनको मूल्य आइतबार बढेर २ हजार ८१० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images