images
images
  • कर्णाली प्रदेशका ६५ नेतामध्ये जनार्दनलाई ३ जनाको मात्रै समर्थन

    काठमाडौं– नेकपा (माओवादी केन्द्र) को केन्द्रीय समितिमा समूहगत निष्कर्ष प्रस्तुत गर्ने क्रम जारी छ ।

    समूह नेताका रूपमा महेन्द्र शाहीले प्रस्तुत गरेको प्रतिवेदनअनुसार ६५ मध्ये ६३ जनाले धारणा राखे ।

    अध्यक्ष प्रचण्डको प्रस्तावलाई ५३ जनाले समर्थन गरे भने ७ जना तटस्थ रहे ।

    उपमहासचिव जनार्दन शर्माको पक्षमा ३ जना मात्र उभिए ।

    यसअघि बिहीबारको बैठकमा अध्यक्ष प्रचण्ड, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ र उपमहासचिव शर्माले आ–आफ्नो प्रस्ताव प्रस्तुत गरेका थिए ।

    प्रचण्डले केन्द्रीय समिति भंग गरी महाधिवेशन आयोजक समिति बनाएर मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव राखेका छन् ।

    श्रेष्ठले भने आगामी फागुन २१ मा हुने प्रतिनिधि सभा निर्वाचनपछि महाधिवेशन गर्नु उपयुक्त हुने बताएका छन् ।

    नेतृत्वको सवालमा उनले कार्यवाहक अध्यक्ष पाउनुपर्ने अडान राखेका छन् ।

    उपमहासचिव शर्माले भने सबै पदाधिकारीलाई हटाएर नयाँ टिम ल्याउने र हालका पदाधिकारीलाई निर्देशक समितिमा रुपान्तरण गर्ने सुझाव दिएका छन् ।

    समूहगत छलफलपछि अध्यक्ष प्रचण्डले जवाफ दिने र प्रतिवेदन पारित गरी बैठक टुंग्याउने तयारी भएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images