हिजो घटेको सुनचाँदीकै मूल्य आज फेरि बढेको छ ।
सुनको मूल्य आज तोलामा एक हजार दुईसय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
विगत केही दिनदेखि लगातार बढ्दै आएको सुनको मूल्य हिजो तोलामा एक हजार सातसय रुपैयाँ घटेर दुई लाख २१ हजार तीनसय रुपैयाँमा झरेको थियो ।
यसअघि गएको बुधबार सुनको मूल्य तोलाको दुई लाख २३ हजार रुपेयाँ पुगेको थियो। सुनको यो मूल्य हालसम्मकै सबैभन्दा महँगो हो ।
आज चाँदीको मूल्य पनि बढेको छ ।
प्रतितोला ५५ रुपैयाँ बढेर चाँदीको मूल्य आज दुई हजार ७ सय ४० रुपैयाँ पुगेको महासंघले जनाएको छ ।
चाँदीको यो मूल्य हालसम्मकै सबैभन्दा महंगो हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















