काठमाडौं– दशैं नजिकिँदै गर्दा फोटोन नेपालले आफ्ना ग्राहकहरूलाई खुसी बनाउने उद्देश्यले आफ्ना चर्चित मोडेलहरू फोटोन ईभी भ्यान र फोटोन TM1 मा लिमिटेड टाइम स्पेसल अफर ल्याएको छ ।
यसले नेपालीहरूको महान चाडको बेलामा गाडी लिन अझ सजिलो, लाभदायक र रमाइलो बनाउनेछ ।
यो दशैंमा फोटोनले ईभी भ्यान स्किम मार्फत उत्सवलाई अझै विशेष बनाउँदैछ। ईभी भ्यान बुक गर्ने ग्राहकहरूले यामाहा बाइक, ५५” स्मार्ट टिभी, वाशिङ मेसिन र फ्रिज जस्ता आकर्षक उपहार पाउनेछन् ।
त्यसमा थप, हरेक बुकिङमा स्योरशट ग्याजेट सामसुंग मोबाइल A07 (6+128GB) उपहारको रूपमा दिइनेछ, जसले यो उत्सवमा फोटोन परिवारमा जोडिन अझ सजिलो र फाइदाजनक बनाउने छ ।
यो उपहारसँगै यस अफरमा १ वर्षको फुल इन्स्युरेन्स (अटो प्लस) र क्यासलेस इन्सुरेन्स समावेश छन् ।
फोटोनले ग्राहकहरूको सहजताका लागि थप सुविधा स्वरूप ५ पटकसम्म नि:शुल्क सर्भिसिंग र फ्रन्ट ब्रेक प्याडको सेट पनि नि:शुल्क उपलब्ध हुनेछ ।
र, ग्राहकहरूका लागि अन्तिम बोनस स्वरूप, पूरा आर्थिक वर्षको रोड ट्याक्स पनि कम्पनीले नै व्यहोर्नेछ ।
फोटोन TM1 दशैं स्किममा पनि आकर्षक अफरहरू छन् ।
TM1 अब दशैं विशेष मूल्य रु. २६,९९,००० (रु. ६,७५,००० छुटपछि) मा उपलब्ध हुनेछ ।
साथै, हरेक खरिदकर्ताले स्योरशट बुकिङ उपहार पाउनेछन् ।
सुरक्षा र निश्चिन्तताको लागि यस स्किममा १ वर्षको सम्पूर्ण सवारी बीमा र क्यासलेस बीमा नि:शुल्क दिइनेछ ।
त्यसैगरी, पूरा आर्थिक वर्षको रोड ट्याक्स पनि कम्पनीले नै भर्ने भएकाले यो अफर अझै सजिलो र लाभदायक बनेको छ ।
यी अफर मार्फत फोटोन नेपालले केवल गाडी मात्र होइन, भ्याल्यु, केयर र इको-फ्रेन्डली मोबिलिटी पनि उपहार दिनेछ ।
ईभी भ्यान र TM1 दुवै कम्फर्ट, इफिसियन्सी र रिलायबिलिटीका लागि बनेका गाडीहरू हुन्, जसमा अब दशैं–तिहार बोनस पनि थपिएको छ ।
फोटोनले सबैलाई नजिकको शोरुममा आउन, आएर यी चाडपर्व विशेष स्किमहरू हेर्न र यस उत्सवलाई नयाँ फोटोन गाडी लिएर अझै रमाइलो बनाउन निमन्त्रणा गर्दछ ।
थप जानकारीका लागि ९८०२३७५४२१ / ९८०२३४०६७१ मा सम्पर्क गर्नुहोस् ।


विश्व खबर 




















