images
images
  • सेयर बजार घट्यो

    काठमाडौं– साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजार २.३५ अंक घटेको छ ।

    सो गिरावटपछि नेप्से परिसूचक २६५२ अंकमा झरेको छ ।

    त्यस्तै कारोबार रकम पनि घटेको छ ।

    अघिल्लो दिन ४ अर्ब १२ करोडको कारोबार भएकोमा आज ३ अर्ब २६ करोडको भयो ।

    दशैं प्रभावले सेयर कारोबार रकम सुस्ताएको छ ।

    हाल सेयर खरिद गर्नेले पनि दशैंअघि डिम्याट खातामा सेयर नपाउने र बेच्ने पनि बैंक खातामा पैसा नपाउने भएपछि खरिद बिक्री गर्न लगानीकर्ता अनिच्छुक देखिए ।

    दशैंअघि अब आइतबार मात्रै बजार खुल्नेछ ।

    आज १०७ कम्पनीको मूल्य बढ्दा १३९ को घट्यो भने ५ को स्थिर रह्यो ।

    अधिकांश सेक्टरका सूचक घटेका छन् ।

    बैंकिङ ०.१२, लगानी ०.२१ र व्यापार समूह १.३६ प्रतिशत बढे ।

    विकास बैंक ०.४४, फाइनान्स ०.५०, होटल तथा पर्यटन १.४९, हाइड्रोपावर ०.०४, जीवन बीमा ०.०२, उत्पादन तथा प्रशोधन ०.६३, माइक्रोफाइनान्स ०.०९, निर्जीवन बीमा ०.३९ तथा अन्य ०.४९ प्रतिशत घटे ।

    हिमस्टार ऊर्जाको मूल्य सबैभन्दा धेरै १० प्रतिशत बढ्यो ।

    कालिका पावरको ६.७२, गुराँस लघुवित्तको ६.२९ प्रतिशत मूल्य बढ्यो ।

    सिटी होटलको मूल्य सबैभन्दा धेरै ७.५५ प्रतिशत घट्यो ।

    नारायणी डेभलपमेन्ट बैंकको ५.८५, समता घरेलु लघुवित्तको ४.७४ प्रतिशत मूल्य घट्यो ।

    आज धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, युनियन हाइड्रोपावर, हिमालयन रिइन्स्योरेन्स, कालिका पावर, लुम्बिनी विकास बैंक क्रमशः अगाडि रहे ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images