images
images
  • मधेस केन्द्रित दलहरू एकताको तयारीमा

    काठमाडौं– जेनजी आन्दोलनपछि प्रमुख दलमा नेतृत्व हस्तान्तरण र पुनर्संरचनाको बहस चलेझैं मधेस केन्द्रित दलमा भने एकताको चर्चा सुरु भएको छ ।

    उपेन्द्र यादव (जसपा), महन्थ ठाकुर (लोसपा), राजेन्द्र महतो (रामुपा) र रञ्जिता श्रेष्ठ (नागरिक उन्मुक्ति)बीच अनौपचारिक छलफल सुरु भएको स्रोत बताउँछ ।

    लोसपाका उपाध्यक्ष लक्ष्मणलाल कर्णका अनुसार पार्टी एकता अपरिहार्य बनेको छ र यसको मूर्तरूप छठपछि देखिन सक्छ ।

    जसपाका महासचिव रामकुमार शर्माले कार्यकारिणी बैठकले विचार मिल्ने दलसँग एकता वा कार्यगत सहकार्य गर्ने निर्णय गरिसकेको बताए ।

    बिहीबार दिउँसो ४ बजे लोसपा कार्यालयमा बस्ने संघीय लोकतान्त्रिक मोर्चाको बैठकमा यसबारे छलफल हुनेछ ।

    रामुपाका महासचिव सन्तोष मेहताले समेत दसैँ–तिहारपछि परिणाम आउने गरी छलफल अघि बढिरहेको बताए ।

    उनका अनुसार चुनाव मात्र होइन, अधिकार र पहिचानका लागि संघर्ष गर्न पनि एकता जरुरी छ ।

    लोसपाका एक नेताले उपेन्द्र यादवले ठाकुर र महतोसँग पटक–पटक छलफल गरेको जानकारी दिए ।

    चुनावअघि पार्टी एकता वा गठबन्धन बनाएर एउटै चुनाव चिह्नमा जाने प्रस्तावसमेत आएको छ ।

    असोज ७ गतेको लोसपा बैठकमा ठाकुरले नेतृत्व हस्तान्तरण गर्न तयार रहेको धारणा राखेका थिए ।

    यसैबीच, विभिन्न दलका युवा नेताहरूले पनि एकताको लागि अपील जारी गरेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images