दिल्ली । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आज मन्त्रिपरिषद विस्तार गर्ने भएका छन् । दोस्रो कार्यकालमा मोदीले पहिलोपटक आफ्नो मन्त्रिपरिषदमा ब्यापक विस्तार गर्न लागेका हुन् । नयाँ ४३ जना मन्त्रीले आज ६ बजे सपथ ग्रहण लिने कार्यक्रम छ ।
मोदीको नयाँ मन्त्रिपरिषदमा १३ जना महिला अनुहार हुने भएका छन् । १४ मन्त्रीको उमेर ५० वर्षभन्दा कम हुने जनाइएको छ । मन्त्रिपरिषदमा १८ जना पूर्वराज्य मन्त्री सहभागि हुनेछन् । जसमा चारजना पूर्वमुख्य मन्त्री सामेल हुनेछन् ।
नयाँ मन्त्री हुनेहरुमा १३ जना वकिल, ६ जना डाक्टर र पाँचजना इन्जिनियर हुने जनाइएको छ । क्याबिनेटमा युवाहरु र सीमान्तकृत समुदायबाट प्रतिनिधित्व गराइने जनाइएको छ ।
पुरानो मन्त्रिपरिषद्का केहीलाई हटाइने भएको छ । मोदीको क्याबिनेटमा पाँच अल्पसंख्यक मन्त्री हुनेछन् । जसमा १ मुस्लिम, १ शिख, १ बौद्ध र १ इसाइ धर्मावलम्वी हुनेछन् । आठजना जनजाति मन्त्री हुनेछन् ।
दोस्रो कार्यकालमा मोदीले पहिलोपटक मन्त्रिपरिषदमा फेरबदल गर्न लागेका हुन् । आगामी विधानसभा र राज्यसभाको चुनावलाई लक्षित गर्दै मोदीले मन्त्रिपरिषद परिवर्तन गर्न लागेका हुन् ।
सन् २०१४ को मेमा प्रधानमन्त्रीको रुपमा सपथ लिएपछि मोदीले पहिलो क्याबिनेट नोभेम्बर २०१४, दोस्रो पटक २०१६ र २०१७ मा मन्त्रिमण्डल विस्तार गरेका थिए ।


विश्व खबर 




















