images
images
  • दसैँमा रियलमी स्मार्टफोन किन्दा चीन भ्रमण र आकर्षक उपहार जित्ने अवसर

    काठमाडौं– विश्वसनीय स्मार्टफोन ब्रान्ड रियलमीले यस वर्षको दसैँ, तिहार र छठ पर्वलाई विशेष बनाउन ‘दसैँमा उपहार भरपुर, रियलमीसँग चीनको टुर’ योजना सार्वजनिक गरेको छ ।

    असोज ५ देखि कात्तिक ४ गतेसम्म अर्थात् २१ सेप्टेम्बरदेखि २१ अक्टोबर २०२५ सम्म देशभर लागु हुने यो अफरअन्तर्गत कुनै पनि रियलमी स्मार्टफोन खरिद गर्ने ग्राहकले लक्की ड्रमार्फत आकर्षक उपहार जित्ने मौका पाउनेछन् ।

    ग्राहकहरूले खरिद गरेको स्मार्टफोनको क्यूआर कोड स्क्यान गरी आईएमईआई नम्बरसहित विवरण भरेपछि तुरुन्तै डिजिटल पपअपमार्फत नतिजा हेर्न सक्नेछन् ।

    यस प्रक्रियालाई सहज र पारदर्शी बनाइएको कम्पनीले जनाएको छ ।

    यस योजनाअन्तर्गत दुई भाग्यशाली विजेताले चीन भ्रमणको अवसर पाउनेछन् भने चारजनाले रियलमी १४ टी स्मार्टफोन, १० जनाले रियलमी सी–७५ स्मार्टफोन जित्नेछन् ।

    यस्तै ६०० जनाले विशेष उपहार बक्स, पाँच हजार जनाले क्रस ब्याग र १० हजार जनाले आकर्षक पानीको बोतल प्राप्त गर्नेछन् ।

    उपहार प्राप्त गर्नका लागि ग्राहकले आफ्नो रियलमी स्मार्टफोन एक्टिभ भएको प्रमाणसहित खरिद गर्दा प्राप्त वारन्टी कार्ड र बिल प्रस्तुत गर्नुपर्नेछ ।

    साथै, योजनासम्बन्धी सबै नियम तथा सर्तहरू ध्यानपूर्वक अध्ययन गर्न कम्पनीले उपभोक्तालाई आग्रह गरेको छ ।

    रियलमीले यस पर्वको अवसरलाई प्रविधि र रमाइलोपनसँग जोड्दै उपहारसहित अविस्मरणीय अनुभव दिने उदेश्य राखेको छ ।

    कम्पनीले रियलमीसँग दसैँ २०८२ को खुसी अझ दोब्बर हुने विश्वास व्यक्त गरेको छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images