images
images
  • सेयर बजार घट्यो

    काठमाडौं– बुधबार सेयर बजारको परिसूचक नेप्से २७.८९ अंक (१.०३ प्रतिशत) घटेको छ ।

    सो गिरावटपछि २६५४ अंकमा कायम भएको छ ।

    सुरुवाती कारोबारमा उतारचढाव देखिएको थियो ।

    कारोबार रकम घटेको छ ।

    अघिल्लो दिन ५ अर्ब २९ करोडको कारोबार भएकोमा आज ४ अर्ब १२ करोडको भयो ।

    बजारमा दशैं प्रभाव कारोबार रकममा देखिएको छ ।

    अब सेयर बेच्नेले दशैंअघि रकम नपाउने भएकाले बेच्नेहरू उत्साहित छैनन् ।

    अर्कोतर्फ चाडपर्वका लागि खर्च जोहो गर्नुपर्ने हुँदा खरिदकर्ता सक्रिय देखिँदैनन् ।

    ५३ कम्पनीको मूल्य बढ्दा १९३ को घट्यो भने ५ को स्थिर रह्यो ।

    होटल तथा पर्यटन समूह ०.८५ प्रतिशत बढ्यो ।

    होटल बाहेकका समूह सूचक घटेका छन् ।

    अन्य समूह सबैभन्दा धेरै २.१६ प्रतिशत घट्यो ।

    बैंकिङ ०.७३, विकास बैंक १.१३, हाइड्रोपावर ०.९६, लगानी १.९०, जीवन बीमा ०.५२, उत्पादन तथा प्रशोधन ०.११, माइक्रोफाइनान्स ०.८४, निर्जीवन बीमा १.५१ तथा व्यापार समूह १.६५ प्रतिशत घटे ।

    तीन कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । १० प्रतिशत बढेका कम्पनीमा माथिल्लो मैलुङखोला जलविद्युत्, सिटी होटल र हिमस्टार ऊर्जा कम्पनी छन् ।

    त्यस्तै उन्नति सहकार्य लघुवित्तको ५.३८, राप्ती हाइड्रोको ४.६३, बुटवल पावरको ४, कर्पोरेट डेभलपमेन्ट बैंकको ३.९७ प्रतिशत मूल्य घट्यो ।

    आज धेरै कारोबार भएका कम्पनीमा युनियन हाइड्रोपावर, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, सीईडीबी होल्डिङ्स र शिवम् सिमेन्ट छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images