images
images
  • कांग्रेसको नेतृत्वमा मधेश सरकार गठनको तयारी

    काठमाडौं– नेपाली कांग्रेसले मधेश प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ ।

    आज जनकपुरमा बसेको कांग्रेस संसदीय दलको बैठकले यस्तो निर्णय गरेको दलका नेता कृष्णप्रसाद यादवले जानकारी दिए ।

    सांसद अन्जना पण्डितका अनुसार बैठकले समर्थन फिर्ता लिनुका साथै नयाँ सरकार गठनको पहल गर्ने निर्णय गरेको छ ।

    गत भदौ २४ गते जेन–जी आन्दोलनका क्रममा मुख्यमन्त्री सतिशकुमार सिंहले राजीनामा घोषणा गरे पनि पछि अडान बदलेर सदन सामना गर्ने तयारी गरेका छन् ।

    यसअघि जनमत पार्टीले मुख्यमन्त्रीसहित आफ्ना मन्त्री फिर्ता बोलाउँदै समर्थन फिर्ता लिएको पत्र प्रदेशसभामा बुझाइसकेको थियो ।

    प्रतिक्रिया दिनुहोस्

    images