images
images
  • सेयर बजार बढ्यो

    काठमाडौं– मंगलबार सेयर बजार २.२३ प्रतिशत बढेको छ ।

    ५८.६३ अंक बढेसँगै नेप्से २६८२ मा कायम भएको छ ।

    बजार बढ्दा कारोबार रकम केही घटेको छ ।

    अघिल्लो दिन ९ अर्ब १७ करोडको कारोबार भएकोमा आज ५ अर्ब २९ करोडको भयो ।

    २३८ कम्पनीको मूल्य बढ्दा १४ को घट्यो ।

    बजार खुलेपछि दिनभर हरियो रह्यो ।

    आज निर्जीवन बीमा समूह सबैभन्दा धेरै ३.४८ प्रतिशत बढ्यो ।

    अघिल्लो कारोबार दिन यो समूह ४ प्रतिशत घटेको थियो ।

    भदौ २४ गतेको विध्वंसका कारण व्यवसायिक भवन, आवासीय भवन तथा सवारीसाधनमा ठूलो क्षति पुगेपछि निर्जीवन बीमा कम्पनीको सेयर मूल्यमा भारी गिरावट आएको थियो ।

    त्यहीं मौकामा आज कारोबारी यस समूहमा आकर्षित देखिए ।

    अहिलेसम्म निर्जीवन बीमा कम्पनीमा करिब २२ अर्बको दाबी भुक्तानी माग गर्दै आवेदन परेको छ ।

    नोक्सान भएको सम्पत्तिको वास्तविक मूल्यांकन गरेर मात्रै पछि बीमा भुक्तानी हुने हो, जसमा पुनर्बीमामार्फत पनि ठूलो रकम प्राप्त हुन्छ ।

    बैंकिङ १.३८, विकास बैंक २.९५, फाइनान्स २.१२, होटल तथा पर्यटन २.७८, हाइड्रोपावर ३.३०, लगानी १.६६, जीवन बीमा २.३१, उत्पादन तथा प्रशोधन १.१२, माइक्रोफाइनान्स २.५४, अन्य २.५१ तथा व्यापार १.८३ प्रतिशत बढे ।

    ८ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो ।

    सप्तकोशी विकास बैंक, जोशी हाइड्रोपावर, ग्रिन डेभलपमेन्ट बैंक, नारायणी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, भूगोल इनर्जी,

    एसियन हाइड्रोपावर हिमस्टार ऊर्जाको मूल्य १० प्रतिशत बढ्यो ।

    कालिका पावरको ९.८४, सयपत्री हाइड्रोपावरको ९.८३ प्रतिशत मूल्य बढ्यो ।

    आज मूल्य धेरै घट्नेमा अधिकांश ऋणपत्र रहे ।

    धेरै कारोबार भएका पाँच कम्पनीमा नेपाल पुनर्बीमा, युनिभर्सल पावर, हिमालयन डिस्टिलरी, शिवम् सिमेन्ट र हिमालयन रिइन्स्योरेन्स छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images