काठमाडौं– एकपछि अर्को गर्दै सुनको मूल्य वृद्धि भइरहेको छ ।
मूल्य वृद्धिको क्रममा मंगलबार तोलामा २ लाख २१ हजार रुपैयाँ नाघेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार मात्रै अघिल्लो दिनको तुलनामा सुनको मूल्य ३ हजार ९०० रुपैयाँ बढेको हो ।
जसअनुसार मंगलबार सुनको मूल्य प्रतितोलामा २ लाख २१ हजार ७०० रुपैयाँ पुगेको छ ।
अघिल्लो दिन सोही सुनको मूल्य प्रतितोला २ लाख १७ हजार ८०० रुपैयाँ थियो ।
आज कायम भएको सुनको मूल्य हालसम्मकै उच्च हो ।
उसो त सोमबार कायम भएको मूल्य पनि रेकर्ड नै थियो ।
यसैबिच चाँदीको मूल्य पनि बढेको छ ।
सोमबार तोलामा २ हजार ६६० रुपैयाँ कायम भएको चाँदीको मूल्य मंगलबार बढेर २ हजार ६८० रुपैयाँ पुगेको हो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















