images
images
  • एनसेलको अनपेक्षित योगदान : खरानीमाथि पनि दायित्वबोध, निरन्तर सेवा

    काठमाडौं– जेन–जीको आन्दोलन नहुँदो हो भने एनसेलले अहिले देशभर २०औँ वार्षिकोत्सव धुमधामसँग मनाइरहेको हुन्थ्यो ।

    तर, आन्दोलनका कारण कम्पनीका सबै तयारी र योजनाहरू स्थगित भएका छन् ।

    एनसेलका अनुसार लौनचौरस्थित केन्द्रीय कार्यालयसहित पोखरा, धनगढी र महेन्द्रनगरका शाखामा तोडफोड, आगजनी र लुटपाट हुँदा ठूलो क्षति भएको छ ।

    भवनको पहिलो तला ध्वस्त छ, दुई दर्जनभन्दा बढी सवारीसाधन जलाइएका छन्, कागजात र उपकरण जलेका छन् ।

    अहिले ४०० भन्दा बढी कर्मचारी ‘वर्क फ्राम होम’ मा छन् ।

    आक्रमणपछि पनि तीन दिनसम्म एनसेलले उपभोक्तालाई निःशुल्क भ्वाइस, एसएमएस र इन्टरनेट सेवा दिएको थियो ।

    कम्पनीले लगानी र निजी क्षेत्रमाथि आक्रमणले नकारात्मक सन्देश जाने चेतावनी दिँदै घटनाको छानबिन गरी दोषीमाथि कारबाही गर्न माग गरेको छ ।

    विस २०६१ मा स्पाइस नेपालका नाममा स्थापना भई २०६२ मा ‘मेरो मोबाइल’ ब्रान्डमार्फत सेवा सुरु गरेको एनसेलले नेपालको दूरसञ्चार क्षेत्रमा ठूला परिवर्तन ल्याएको दाबी गर्छ ।

    हालसम्म सरकारले कम्पनीबाट साढे तीन सय अर्बभन्दा बढी राजस्व उठाइसकेको छ भने एक लाखभन्दा बढीलाई प्रत्यक्ष–अप्रत्यक्ष रोजगारी सिर्जना गरेको छ ।

    सामाजिक उत्तरदायित्वमा पनि दुई अर्ब रुपैयाँभन्दा बढी खर्च गरेको कम्पनीले जनाएको छ ।

    एनसेलले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘हामी २० वर्षदेखि डिजिटल नेपाल निर्माणमा साथ दिँदै आएका छौँ, कठिनाइबीच पनि फेरि उठ्नेछौँ ।’

    प्रतिक्रिया दिनुहोस्
    images
    images