काठमाडौं– नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ ।
सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख १६ हजार रुपैयाँ कायम छ ।
बिहीबार (असोज २) छापावाल सुन प्रतितोला दुई लाख १५ हजार २०० रुपैयाँमा किनबेत भएको थियो ।
चाँदीको मूल्य पनि तोलामा ६० रुपैयाँले बढेको छ ।
चाँदी प्रतितोला दुई हजार ५८० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।
बिहीबार चाँदी प्रतितोला दुई हजार ५२० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















