images
images
  • ओली सरकारले तलब भत्तामै सक्यो ३ अर्ब २१ करोड ८६ लाख

    काठमाडौं– संघीय संसद् सञ्चालनको ३३ महिनामा सांसद र पदाधिकारीको तलब–भत्ता, सचिवालय व्यवस्थापन र भवन भाडासहित तीन अर्ब २१ करोड ८६ लाख रुपैयाँ खर्च भएको छ ।

    यसमा सचिवालयको नियमित प्रशासनिक खर्च समावेश छैन ।

    सचिवालयका तथ्यांकअनुसार करिब एक अर्ब १३ करोड तलब–भत्तामा, एक अर्ब ६३ करोड ८६ लाख सचिवालय व्यवस्थापनमा र ४५ करोड भवन भाडामा खर्च भएको हो ।

    पदाधिकारी र सांसदहरूलाई तलबसँगै विशेष भत्ता, सञ्चार, घरभाडा, अतिथि सत्कार, बिजुली–धारा, इन्धन, प्रतिबैठक भत्ता, भ्रमण भत्ता, फर्निचर खर्चदेखि स्वकीय सचिव, कम्प्युटर,

    साइकल, गार्ड, अंगरक्षक, सैनिक जवानसमेत सुविधा पाइने व्यवस्था छ ।

    प्रतिनिधिसभा विघटनसँगै करिब ३० विधेयक निष्क्रिय भएका छन् ।

    विद्यालय शिक्षा, संघीय निजामती, जलस्रोत, भूमि, संवैधानिक परिषद् लगायतका विधेयक टुंगिँदै गर्दा शून्यमा परे ।

    राष्ट्रिय सभामा अझै पाँच विधेयक विचाराधीन छन् ।

    ३३ महिनामा संसद्ले ६ अधिवेशनमार्फत ३४ वटा कानुन मात्र बनाएको छ, जसमा बजेटसम्बन्धी १० र अन्य २४ कानुन छन् ।

    जेन–जी आन्दोलनका बेला संसद् भवनमा भएको आगजनीपछि सभामुख देवराज घिमिरेसहित पदाधिकारीहरूले भग्नावशेष निरीक्षण गरेका छन् ।

    सभामुखले संरचना पुनर्निर्माणमा जोड दिँदै संसद् विघटन नगरी समाधान संसद्मै खोजिनु उपयुक्त हुने धारणा राखेका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images