images
images
  • संसद् बैठक तत्काल बोलाउन माग

    काठमाडौं– मधेशका प्रमुख विपक्षी दल जनता समाजवादी पार्टी (जसपा) नेपाल लगायतका दलहरूले प्रदेश सभा बैठक तुरुन्त बोलाउन प्रदेशसभामुख रामचन्द्र मण्डलसँग माग गरेका छन् ।

    २४ भदौको जेन–जी आन्दोलनमा भएको तोडफोड र आगजनीबाट प्रदेश सभा भवन क्षतिग्रस्त भएको थियो। हाल सरसफाइ र मर्मतको काम तीव्र गतिमा भइरहेको छ ।

    प्रदेशसभामुख मण्डलका अनुसार आगजनी र तोडफोडबाट करिब ३०–४० करोड रुपैयाँ बराबरको क्षति भएको छ ।

    जसपा नेता तथा पूर्वमुख्यमन्त्री सरोजकुमार यादवले जेन–जीहरूले आगजनी नगरेको दाबी गर्दै संघीयताविरोधी तत्त्वले देशभर विध्वंस मच्चाएको अवस्थामा पनि प्रदेशसभा संचालन आवश्यक रहेको बताए ।

    एमालेका प्रमुख सचेतक हरिरायण महतो र माओवादीका युवराज भट्टराईले पनि बैठक चाँडै बोलाउन आग्रह गरेका छन् ।

    प्रदेशसभामुख मण्डलले सत्तापक्षीय दलसँग परामर्श गरी चाँडै प्रदेश सभा बैठक बोलाउने प्रतिबद्धता जनाएका छन् ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images