images
images
  • एनआईसी एशिया बैंकका सीईओ न्यौपानेले दिए पदबाट राजीनामा

    काठमाडौं– एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) रोशन न्यौपानेले राजीनामा दिएका छन् ।

    सात वर्षको कार्यकालपछि उनले पद छाडेका हुन् ।

    बुधबार सञ्चालक समितिसमक्ष राजीनामा बुझाएका न्यौपानेको राजीनामा बिहीबार स्वीकृत गरिएको छ ।

    समितिले नायब कार्यकारी अधिकृत सन्तोष कुमार राठीलाई कायममुकायम प्रमुख तोकेको छ ।

    न्यौपाने २०७९ कात्तिक १६ गते दोस्रो पटक ४ वर्षका लागि सीईओ बनेका थिए ।

    उनले सन् २००८ मा बैंक अफ एशिया नेपाल लिमिटेडको आन्तरिक लेखा परीक्षण विभाग इन्चार्जबाट बैंकिङ सेवा सुरु गरेका थिए ।

    त्यसपछि प्रमुख जोखिम अधिकृत हुँदै सन् २०१८ मा सहायक सीईओ बने ।

    सहायक सीईओ र निमित्त सीईओको छोटो कार्यकालमै बैंकलाई उल्लेख्य उचाइमा पुर्‍याएपछि उनलाई १६ मंसिर २०७५ मा पहिलो पटक सीईओ नियुक्त गरिएको थियो ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images