काठमाडौं– धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक १०७.०४ अंकले घटेपछि बजार २० मिनेटका लागि बन्द गरिएको छ ।
बजार खुलेको दुई मिनेटमै नेप्से परिसूचक ४ प्रतिशतले घट्दा सर्किट ब्रेक लागेर कारोबार रोकिएको हो ।
उक्त अवधिमा १८४ कम्पनीका सेयरहरूको मूल्य घटेको छ भने दुई मिनेटमा १५ करोड ६६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
नेपाल धितोपत्र बोर्डको नियमअनुसार, कारोबार सुरु भएको पहिलो एक घण्टाभित्र नेप्से परिसूचक चार प्रतिशतले बढे वा घटेमा सर्किट ब्रेक लाग्छ ।
यस पटक पनि यही नियमअनुसार २० मिनेटका लागि बजार बन्द गरिएको हो ।
बजार अब ११ बजेर २२ मिनेटमा पुनः खुल्नेछ ।
नियमअनुसार कारोबारको पहिलो घण्टा (११–१२ बजेसम्म) चार प्रतिशत, दोस्रो घण्टा (१२–१ बजेसम्म) पाँच प्रतिशत र त्यसपछि छ प्रतिशतले बढे वा घटेमा सर्किट ब्रेक लाग्छ ।
यदि बजार १ बजेसम्म छ प्रतिशतले बढ्छ भने, दिनभरका लागि बजार बन्द रहनेछ ।



विश्व खबर 




















