images
images
  • नेतृत्व परिवर्तन केन्द्रित मधेसी दल, के भन्छन् शीर्ष नेताहरू ?

    काठमाडौं– जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थितिमा मधेस केन्द्रित दलहरूमा पनि नेतृत्व परिवर्तनको बहस सुरु भएको छ ।

    मंगलबार संघीय लोकतान्त्रिक मोर्चाको सचिवालय बैठकमा दलबीच एकता र रुपान्तरणको आवश्यकता र जेनजी आन्दोलनको समीक्षा भयो ।

    जनता समाजवादी पार्टी नेपालका महासचिव रामकुमार शर्माका अनुसार युवा नेताहरूले पार्टी अध्यक्ष उपेन्द्र यादवलाई नेतृत्व छाडेर नयाँ पुस्तालाई अघि ल्याउन दबाब दिन थालेका छन् ।

    यादवले पार्टी रुपान्तरणमा सकारात्मक दृष्टिकोण राखेको र भावनामा नभई यथार्थअनुसार निर्णय गर्नुपर्ने बताएका छन् ।

    राष्ट्रिय मुक्ति पार्टीका महासचिव केशव झालका अनुसार जेनजी आन्दोलनले मोर्चामा ठूलो प्रभाव नपारेको भए पनि अब संगठित ढंगले अगाडि बढ्ने तयारी छ ।

    मोर्चाले असोज ३ गते संविधान दिवस कालो दिवसको रूपमा मनाउने निर्णय गरेको छ ।

    साथै, जेनजी आन्दोलनमा मृतकको सम्झनामा असोज १ गते शोकसभा आयोजना गरिने र सरकारले राष्ट्रिय शोकबिदा दिने जानकारी पनि गरिएको छ ।

    प्रतिक्रिया दिनुहोस्

    images