images
images
  • मधेसी दलमा पुग्यो नेतृत्व परिवर्तनको उछाल

    काठमाडौं– जेनजी आन्दोलनपछि ठूलादेखि साना दलसम्म नेतृत्व परिवर्तनको बहस चर्किएको छ ।

    पुराना अनुहार अस्वीकार भएपछि तराई–मधेस केन्द्रित दलमा पनि नयाँ पुस्ताले नेतृत्व सम्हाल्नुपर्ने आवाज उठेको छ ।

    जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव २०५४ सालदेखि निरन्तर नेतृत्वमै छन् ।

    मधेसी जनअधिकार फोरमदेखि हालको जसपा नेपालसम्म पार्टीको रूप फेरिए पनि अध्यक्ष उनी नै रहे ।

    लोसपा नेपालका महन्थ ठाकुर पनि २०६४ सालदेखि अध्यक्ष छन् ।

    ८३ वर्षीय ठाकुरले एक मात्र महाधिवेशन २०७१ मा गराए र अर्को महाधिवेशन आगामी चैतमा हुने बताइएको छ ।

    राजेन्द्र महतो पनि सद्भावना पार्टीदेखि हालसम्म विभिन्न रूपान्तरण हुँदै निरन्तर नेतृत्वमै छन् ।

    ठाकुरसँग असहमति भएपछि उनले राष्ट्रिय मुक्ति पार्टी खोले र अध्यक्ष बने ।

    युवापुस्ताका नेताहरू भने अब नीतिगत रूपमा उमेर सीमा र कार्यकाल तोक्नुपर्ने बताउँछन् ।

    जसपा, लोसपा र मुक्ति पार्टीका युवा नेताहरूले पुस्तान्तरणलाई आन्दोलनले दिएको स्पष्ट सन्देश मानेका छन् ।

    जनमत पार्टी नयाँ भएकाले नेतृत्व बहस खासै छैन ।

    तर, आन्तरिक विवाद भने देखिएको छ ।

    नागरिक उन्मुक्ति पार्टी भने नेतृत्व विवादकै कारण विभाजन भइसकेको छ ।

    रेशम चौधरीले छुट्टै पार्टी घोषणा गरेका छन् ।

    अनिल झाले पनि पुनः नेपाल सद्भावना पार्टी पुनर्गठन गर्दै अध्यक्ष बनेका छन् ।

    समग्रमा मधेस केन्द्रित दलमा लामो समयदेखि स्थिर नेतृत्वमा रहेका यादव, ठाकुर, महतो आदिलाई चुनौती बढेको ।

    जेनजी आन्दोलनपछि युवापुस्ताले पुस्तान्तरणको मागलाई थप तीब्र बनाइरहेका छन् ।

    प्रतिक्रिया दिनुहोस्

    images