पोखरा– पछिल्ला घटनाहरूमा भएको मानवीय र सम्पत्ति क्षतिप्रति महालक्ष्मी विकास बैंकले गहिरो समवेदना व्यक्त गरेको छ ।
‘यस विषम परिस्थितिको समयमा घटेका दुःखद घटनाहरुमा भएको जिउधनको क्षतिले हामी अत्यन्तै दुःखी छौँ । दिवंगत आत्माको चिर शान्ति होस् र शोकसन्तप्त परिवारजनलाई धैर्य र साहस प्राप्त होस् भनी हामी कामना गर्दछौँ,’ विज्ञप्तिमा भनिएको छ ।
बैंकले उपचारार्थ रहेका सबै घाइतेहरुको शीघ्र स्वास्थ्य लाभको कामना गर्दै सरकारी, सार्वजनिक र निजी सम्पत्तिमा भएको क्षतिप्रति गहिरो दुःख प्रकट गरेको छ ।
प्रेस विज्ञप्तीमा भनिएको छ कि सरकार गठनको प्रक्रिया छिट्टै टुङ्गिएर मुलुकको असामान्य अवस्था सामान्य हुने शान्ति, सुशासन, निष्पक्ष व्यवसायिक वातावरण, आर्थिक स्थायीत्व र सुरक्षाको प्रत्याभूती हुनेमा बैंकको विश्वास रहेको छ ।
विशेषगरी लेकसाइड पोखरा शाखाको भवन पूर्ण रूपमा क्षतिग्रस्त भएकोले उक्त शाखाबाट प्रदान हुने बैंकिङ्ग सेवाहरू नजिकैका अन्य शाखाहरूमार्फत उपलब्ध गराइने जानकारी पनि बैंकले जनाएको छ ।
साथै, बैंकको अन्य १०२ शाखा कार्यालयहरू पूर्णरूपमा सेवा सञ्चालनमा रहेको र सम्पूर्ण डिजिटल सेवाहरू सुरक्षित रुपमा सञ्चालन भइरहेको उल्लेख गरिएको छ ।
बैंकका प्रवक्ताले भने, ‘हामी यस कठिन समयमा ग्राहक, कर्मचारी र सर्वसाधारणप्रति जिम्मेवार बनेर आवश्यक सेवा निरन्तर प्रदान गर्दैछौं ।’


विश्व खबर 




















