काठमाडौं– जेन–जी आन्दोलनका क्रममा देशभर करिब दुई दर्जन होटलमा तोडफोड, आगजनी र लुटपाट हुँदा करिब २५ अर्बभन्दा बढीको क्षति भएको होटेल संघ नेपालले जनाएको छ ।
काठमाडौं, पोखरा, बुटवल, भैरहवा, विराटनगर, धनगढी, महोत्तरी, दाङ, झापा लगायतका क्षेत्रमा रहेका स्वदेशी तथा विदेशी ब्रान्डका होटल प्रभावित भएको संघको भनाइ छ ।
संघका अनुसार काठमाडौंस्थित हिल्टन होटेलको मात्रै आठ अर्बभन्दा बढीको क्षति भएको छ ।
मर्मत र पुनर्निर्माण नगरी सञ्चालन सम्भव नभएको संघले जनाएको छ ।
यस घटनाले दुई हजारभन्दा बढी कामदार–कर्मचारीको रोजगारीमा असर परेको छ ।
बैंक तथा वित्तीय दायित्व बुझाउन पनि होटेलहरू असमर्थ हुने चेतावनी दिइएको छ ।
संघले शक्तिशाली अधिकारप्राप्त न्यायिक समितिबाट छानबिन, अपराधीलाई दण्ड तथा उचित क्षतिपूर्ति दिलाउन माग गरेको छ ।
साथै, प्रभावित होटेलको पुनर्निर्माणका लागि राज्यबाट विशेष आर्थिक प्याकेज उपलब्ध गराउनुपर्ने संघको आग्रह छ ।


विश्व खबर 




















