काठमाडौं- वाणिज्य बैंकहरूले आज दिउँसो २ बजेसम्म सीमित सेवा प्रदान गर्ने भएका छन् ।
भदौ २३–२४ को आन्दोलनपछि सामान्य अवस्था नआएकाले काठमाडौंमा तीन, भक्तपुर र ललितपुरमा दुई–दुई शाखा मात्रै खोल्न नेपाल बैंकर्स एशोसिएशनले निर्देशन दिएको छ ।
राष्ट्र बैंकले पनि अत्यावश्यक बैंकिङ तथा डिजिटल भुक्तानी सेवा सञ्चालन गर्न सीमित कर्मचारीमार्फत सेवा खुला गर्न भनेको छ ।
वित्त कम्पनीहरूले अवस्था अनुसार साँझ ५ बजेसम्म कार्यालय खुला राख्ने बताए ।
एटिएम सेवा भने निरन्तर उपलब्ध हुनेछ ।
प्रतिक्रिया दिनुहोस्


विश्व खबर 




















