images
images
  • आन्दोलन प्रभाव : सेयर बजारमा पहिरो

    काठमाडौं– सोमबार सेयर बजार उच्च अंकले घटेको छ ।

    देशभर जेनजी पुस्ताको नेतृत्वमा सरकारविरुद्ध आन्दोलन भइरहेको बेला सेयर बजारमा ३५.९९ अंकको गिरावट आएको छ ।

    योसँगै बजार परिसूचक २६७२.२५ अंकमा झरेको छ ।

    सोमबार ५ अर्ब २३ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

    बजारमा २३ कम्पनीको मूल्य घटेको छ भने २२८ कम्पनीको मूल्य बढेको छ ।

    सबैभन्दा धेरै सूचक ट्रेडिङ सेक्टर २.३१ प्रतिशत घटेको छ ।

    थप आठवटा समूह १ प्रतिशत भन्दा धेरै तथा बाँकी समूह १ प्रतिशत भन्दा कमले घटेका छन् ।

    बजारमा सबैभन्दा धेरै हिमालयन हाइड्रोपावरमा सकारात्मक सर्किट लागेको छ ।

    सबैभन्दा धेरै घट्ने बाराही हाइड्रोको मूल्य ५.२८ अंकले घट्दा बाँकीको उल्लेख्य घटबढ भएन ।

    बजारमा आज नेपाल पुनर्बिमा कम्पनीको ३० करोड, युनियन हाइड्रोपावर २४ करोड ९ लाख, युनिभर्सल पावर कम्पनीको २३ करोड २४ लाख रुपैयाँको कारोबार भएको छ ।

    कारोबार संख्याको आधारमा हिमालयन बैंक अगाडि छ ।

    प्रतिक्रिया दिनुहोस्
    images
    images